रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दाको पेसी चढ्यो

हिमाल प्रेस १६ चैत २०८२ १३:०५ | Monday, March 30, 2026
14
SHARES
रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दाको पेसी चढ्यो फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसीमा चढेको छ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा मुद्दा परेको छ। यसअघि लगातार चारपटकसम्म हेर्न नभ्याइएको सो मुद्दा आज १२ औं नम्बरमा रहेको छ।

लामिछानेले दोहोरो (नेपाली र अमेरिकी) राहदानी राहदानी लिई प्रयोग गरेको भन्दै युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए।

लामिछानेविरुद्ध राहदानीको दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको रिटमा माग दावी गरिएको छ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ चैत गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए। त्यसविरुद्ध युवराज सफल सर्वोच्च गएका हुन्।

प्रकाशित: १६ चैत २०८२ १३:०५ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast