काठमाडौँमा बिहानैदेखि वर्षा

हिमाल प्रेस १४ चैत २०८२ ६:४७ | Saturday, March 28, 2026
4
SHARES
काठमाडौँमा बिहानैदेखि वर्षा फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँमा बिहानैदेखि वर्षा सुरु भएको छ। आकाश गड्याङगुडुङसहित अहिले काठमाडौँको विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर मौसम बदली हुने छ। आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग साथै लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १४ चैत २०८२ ६:४७ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast