कोशीको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ : मौसम विभाग

हिमाल प्रेस ९ चैत २०८२ ६:२८ | Monday, March 23, 2026
12
SHARES
कोशीको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ : मौसम विभाग फाइल तस्बिर

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपात भइरहेको छ।

सोमबार देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन र सावधानी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

प्रकाशित: ९ चैत २०८२ ६:२८ | Monday, March 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast