रवीन्द्र मिश्र
काठमाडौँ- रवीन्द्र मिश्रले नेपाली कांग्रेसको वर्तमान नेतृत्वप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका छन् । मंगलबार साँझ मिश्रले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको तस्बिरसँगै कांग्रेसको वैचारिक यात्रामाथि प्रश्न उठाएका हुन्। उनले आफ्नो स्टाटसमा विश्वेश्वरप्रसाद कोइराला (बीपी) को विचारधारामा फर्किनुपर्ने संकेत गरेका छन्।
मिश्रले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला (जीपी) को कार्यशैली हुँदै अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक धारसँग कांग्रेस नजिकिँदै गएको टिप्पणी गरेका छन्। गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरूले चाहेमा कांग्रेसलाई ‘जीपी–प्रचण्ड पथ’बाट पुनः ‘बीपीपथ’मा फर्काएर पार्टी र देशको राजनीतिलाई सही दिशामा लैजान सक्ने मिश्रले बताए ।
मिश्रले व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘यदि त्यसो भएन भने प्रचण्डपथमा हिँड्ने नयाँ ‘ट्रेन’ बजारमा आइसकेको छ, त्यही बाटोमा हिँड्न जनताले पुरानो ‘थोत्रो ट्रेन’ किन चढ्ने?




