रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७

हिमाल प्रेस २७ फागुन २०८२ १०:१५ | Wednesday, March 11, 2026
10
SHARES
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाएका छन्। लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवमा चुनावी खर्च विवरण बुझाएका हुन्।

चितवन २ मा चुनाव लडेका लामिछानेले ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। जसअन्तर्गत मनोनयन दर्ता गर्दा १० हजार रूपैयाँ, नमुना मतपत्र सामग्री छपाइमा ६ ८ हजार १६१ रूपैयाँ, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २ सय, वडास्तरीय प्रचारप्रसारमा ४६ हजार खर्च भएको उल्लखे छ।

त्यस्तै खाद्यान्न तथा रासन खरिदमा १ लाख २६ हजार, हवाई खर्चमा १३ हजार ६२६ रूपैयाँ र गोष्टी भेला गर्दा १ लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ।

प्रकाशित: २७ फागुन २०८२ १०:१५ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast