ओली पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन, सीडीओ कार्यालयमा ज्ञापनपत्र

हिमाल प्रेस १५ चैत २०८२ १३:५१ | Sunday, March 29, 2026
8
SHARES
ओली पक्राउको विरोधमा माइतीघरमा प्रदर्शन, सीडीओ कार्यालयमा ज्ञापनपत्र

काठमाडौँ- अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि एमाले कार्यकर्ता आन्दोलनमा छन्। उनीहरूले हिजोदेखि नै आन्दोलन गरिरहेका छन्।

आज देशव्यापी रूपमा आन्दोलन गरिरहेका छन्। उनीहरूले रिहाइको मागका लागि विभिन्न माध्यमबाट दबाब दिएका हुन्। आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाइएको छ। काठमाडौँमा पनि एमाले जिल्ला अध्यक्ष दीपक निरौँलाले ज्ञापनपत्र बुझाएका हुन्। यता कार्यकर्ता भने माइतीघरमा प्रदर्शन गरिरहेका छन्। ‘ओलीको रिहाइ गर’ भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

माइतीघरमा जम्मा भएर जिल्ला प्रशासन कार्यालयतर्फ अघि बढेका एमाले कार्यकर्तालाई प्रहरीले बबरमहल चोकमै रोकेको छ। एमाले कार्यकर्ता वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

प्रकाशित: १५ चैत २०८२ १३:५१ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast