इनिशा हत्याका विरोधमा प्रदर्शन

हिमाल प्रेस ७ चैत २०८२ १४:५५ | Saturday, March 21, 2026
16
SHARES
इनिशा हत्याका विरोधमा प्रदर्शन

काठमाडौँ- इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै शनिबार पनि काठमाडौँमा प्रदर्शन भएको छ।

इनिशा बिकको न्यायका लागि भन्दै विभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दे, छोरीहरुको सुरक्षा गरौँ, बलात्कारीलाई कडा कारबाही गर, न्यायविना शान्ति छैन’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

इनिशा बिकको न्यायका लागि ऐक्यवद्धता जनाउन नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति समेत प्रदर्शनमा सहभागी भएको थियो।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा भेटिएकी थिइन्। प्रहरीले उक्त प्रकरणमा जोडिएका अभियुक्तहरुसँग बयान लिइसकेको छ भने घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ।

प्रकाशित: ७ चैत २०८२ १४:५५ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast