अर्घाखाँचीमा समानुपातिक मतगणना सकियो, कुन दलले कति मत ल्याए?

हिमाल प्रेस २५ फागुन २०८२ १२:४५ | Monday, March 9, 2026
36
SHARES
अर्घाखाँचीमा समानुपातिक मतगणना सकियो, कुन दलले कति मत ल्याए?

अर्घाखाँची- अर्घाखाँचीमा समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलाे भएको छ।

रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो।

दोस्रोमा नेकपा एमालेले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१, नेपाली कम्युनिस्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए।

जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपतिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो। जसमा दुई हजार ५७८ मत बदर भएका छन्। ८६ हजार १५५ मत सदर भएका थिए।

प्रकाशित: २५ फागुन २०८२ १२:४५ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast