प्रधानमन्त्री बालेन्द्रद्वारा भारत र पाकिस्तानका नेताहरूसँग सहकार्यको प्रतिबद्धता

हिमाल प्रेस १४ चैत २०८२ १८:०२ | Saturday, March 28, 2026
28
SHARES
प्रधानमन्त्री बालेन्द्रद्वारा भारत र पाकिस्तानका नेताहरूसँग सहकार्यको प्रतिबद्धता

काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तानका राष्ट्रपति र  प्रधानमन्त्रीप्रति कृतज्ञता ज्ञापन गर्दै निकट सम्पर्कमा रहेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारी र प्रधानमन्त्री शेहेवाज शरिफबाट बेग्लाबेग्लै प्राप्त बधाई सन्देशका निम्ति सामाजिक सञ्जालमार्फत कृतज्ञता ज्ञापन गर्दै सहकार्यको प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्रीको कार्यालयको पोष्टमा भनिएको छ, ‘PM@narendramodi, तपाईंको स्नेह र शुभकामनाका लागि धन्यवाद। हाम्रा दुई देशबीचको बहुपक्षीय सम्बन्धलाई आम जनताको समृद्धिका लागि अघि बढाउन म तपाईंसँग निकट रहेर सहकार्य गर्न इच्छुक छु।’

त्यसैगरी, प्रधानमन्त्री शाहले पाकिस्तानका राष्ट्रपति आसिफल अलि जर्दारीलाई पनि धन्यवाद दिएका छन्। उनले भनेका छन्,‘पाकिस्तानका सम्माननीय राष्ट्रपति, तपाईंको हार्दिक बधाइको शब्दका लागि धन्यवाद। म तपाईंको भावनाको प्रतिफलस्वरूप हाम्रो सम्बन्धलाई मैत्री र छिमेकीपना भावनाअनुरूप अझ मजबुत बनाउने प्रतिबद्धता दोहोर्‍याउँछु @PresOfPakistan,’  भनिएको छ ।

यसैगरी, ‘Prime Minister @CMShehbaz तपाईंको हार्दिक बधाइको लागि धन्यवाद। हाम्रो द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहकार्य अझ मजबुत बनाउने उद्देश्यले सँगै काम गर्न म तत्पर छु,’ प्रधानमन्त्री शाहले भनेका छन्।

प्रकाशित: १४ चैत २०८२ १८:०२ | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast