राष्ट्रपति रामचन्द्र पाैडेल
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले आगामी चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय गरेको थियो।
सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले आगामी चैत १९ गते दिउँसो २ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
फागुन २१ मा भएको निर्वाचनबाट नयाँ सरकार बनेपछि पहिलोपटक संघीय संसदको अधिवेशन आह्वान भएको हो।

प्रकाशित: १६ चैत २०८२ १९:२२ | Monday, March 30, 2026
प्रतिक्रिया




