कांग्रेसलाई समर्थन गर्ने पार्टी निर्णयमा उभिन नेताकार्यकर्तालाई प्रलोपा गोरखाको आग्रह

हिमाल प्रेस १७ फागुन २०८२ १४:१७ | Sunday, March 1, 2026
16
SHARES
कांग्रेसलाई समर्थन गर्ने पार्टी निर्णयमा उभिन नेताकार्यकर्तालाई प्रलोपा गोरखाको आग्रह

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा गोरखाका दुईवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार नभएपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गोरखाले आन्तरिक र बाह्य छलफलपछि आफ्नो राजनीतिक निर्णय सार्वजनिक गरेको छ। प्रलोपा गोरखाले दुबै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष नारायण खत्रीले जिल्लाका साथीहरूसँग दशौं पटकसम्म गहन छलफल गरिएको र विभिन्न दलहरूसँग पनि चरणबद्ध संवाद गरिएको जनाउँदै छलफलका क्रममा प्राप्त विषयवस्तुहरू पार्टी पंक्तिमा खुला रूपमा जानकारी गराइएको बताएका छन्।

खत्रीले भने,‘हाम्रो पार्टीकोतर्फबाट प्रत्यक्ष उम्मेदवार नभएको अवस्थामा यसपटक प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई मतदान गर्ने निर्णय गरेका छौं। यो निर्णय जिल्लाका साथीहरूसँगको परामर्श र सहमतिमा गरिएको हो।’

शनिबार मात्रै केही सञ्चारमाध्यममा पार्टीको निर्णयसम्बन्धी समाचार बाहिर आएको उल्लेख गर्दै खत्रीले त्यसबाट अनावश्यक तरंगित हुन आवश्यक नभएको बताए। उनले थपे,‘मिडियामा आएका समाचारका कारण पार्टी पंक्तिमा भ्रम सिर्जना हुनु हुँदैन।’

खत्रीले केही साथीहरूले सकारात्मक सहयोग गर्नुपर्ने ठाउँमा नाटक मञ्चन गरिरहेको आरोप लगाउँदै यस्ता गतिविधिबाट टाढा रहन निर्देशन दिएका छन्।

खत्रीले सम्पूर्ण पार्टी पंक्ति र मतदाताहरूलाई निर्धक्क भएर पार्टीको निर्णयमा उभिन र निर्वाचन प्रचारप्रसारमा सक्रिय रूपमा लाग्न आग्रह गरेका छन्।

उनले भने,‘निर्वाचनमा हाम्रो साझा निर्णयलाई सम्मान गर्दै पार्टी र मतदाताहरू एकताबद्ध भएर अघि बढ्नुपर्छ।’

गोरखा : स्थानीय तह आफूले पाउने सर्तमा प्रलोपाले सघाउने भो कांग्रेसलाई

प्रकाशित: १७ फागुन २०८२ १४:१७ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast