‘मितज्यू’ को पोस्टर : तेरियाको अगाडि पञ्जा लडाइँमा उत्रिए दयाहाङ र सौगात

हिमाल प्रेस १७ फागुन २०८२ ११:१५ | Sunday, March 1, 2026
14
SHARES
‘मितज्यू’ को पोस्टर : तेरियाको अगाडि पञ्जा लडाइँमा उत्रिए दयाहाङ र सौगात

काठमाडौँ- फिल्म ‘मितज्यू’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को दिने पोस्टरमा फिल्मका मुख्य तीन कलाकार छन्। दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगर।

पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई व्यक्ति दयाहाङ र सौगातबीच शक्ति प्रदर्शन झल्किने खेल पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ। जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया पौजा मगर गम्भीर मुद्रामा बसेकी देखिन्छिन्।

उनीहरूबीचको लडाई तेरियाको लागि हो की या अरु कुनैको लागि हो त्यो भने टिजर र ट्रेलरमा देख्न सकिएला। साथै गाडीको हुटमा कोसेलीका स्वरुपमा सुँगुर, राडीपाखी, तरकारी राखिएको देख्न सकिन्छ। छेउमा डोको र गाग्री पनि देख्न सकिन्छ।

पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ। फिल्म आगामी जेठ १५ देखि प्रदर्शन हुनेछ।

अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्ममा अन्य कलाकार पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु)लगायतको अभिनय छ।

फिल्मका निर्माता जनक घर्ती मगर हुन्। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म लोकश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन, प्रभात विष्टको द्वन्द्व निर्देशन, श्रीकृष्ण बम मल्लको संगीत, फिरोज खड्काको सहायक निर्देशनमा बनेको छ।

प्रकाशित: १७ फागुन २०८२ ११:१५ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast