सुर्खेत एमालेको राँके जुलुसमा प्रहरीले गरे लाठी चार्ज

हिमाल प्रेस १७ चैत २०८२ ८:५४ | Tuesday, March 31, 2026
12
SHARES
सुर्खेत एमालेको राँके जुलुसमा प्रहरीले गरे लाठी चार्ज

सुर्खेत- सुर्खेतमा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइका लागि आयोजित राँके जुलुसहितको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । २३-२४ भदौको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न गठित आयोगको सिफारिसअनुसार ओलीलाई प्रहरीले पक्राउ गरेपछि एमालेले देशभर विरोध प्रदर्शन जारी राखेको छ ।

सोमबार साँझ जिल्ला पार्टी कार्यालयद्वारा आयोजित राँके जुलुलसहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । प्रदर्शनमा सहभागी केही युवासँग विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठी चार्जबाट केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।​​​​

प्रकाशित: १७ चैत २०८२ ८:५४ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast