अब पेट्रोलको मूल्य वीरगन्जमा १८४.५०, दीपायलमा १८७ रुपैयाँ कायम

हिमाल प्रेस १२ चैत २०८२ ६:४५ | Thursday, March 26, 2026
14
SHARES
अब पेट्रोलको मूल्य वीरगन्जमा १८४.५०, दीपायलमा १८७ रुपैयाँ कायम

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएको हो । विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल १८४.५० कायम हुनेछ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ । पहिलो वर्गको डिजेलको मूल्य १६४. ५० रुपैयाँ, दोस्रो वर्गको १६६.५० रुपैयाँ पर्नेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast