काठमाडौँ- कलाकार पारस बम ठकुरी (कुल ब्वाय) र दिव्या रायमाझीको मुख्य भूमिकामा फिल्म ‘बेहुली’ बन्ने भएको छ। निर्माण टिमले आज ललितपुरस्थित कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको घोषणा गरेका हुन्।
फिल्म सशान कँडेलले निर्देशन गर्दैछन्। फिल्मको कथा माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेल र लेखक शर्मा दुबै ‘होस्टेल ३’ का निर्देशक तथा लेखक हुन्। यसपटक उनीहरूले पुन सहकार्य गरेका छन्। ‘होस्टेल ३’ बाटै डेब्यु गरेका कलाकार हुन् पारस।
अन्य कलाकारमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बाँनिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल, समायरा थापामगर लगायत कलाकारको अभिनय रहनेछ।

फिल्म केही दिन पछि छायांकन सुरु गरिने टिमले जनाएको छ। साथै फिल्म आगामी वर्षको हरितालिका तीजको अवसर पार्दै भदौ १२ गते प्रदर्शन गर्ने टिमको तयारी छ।
फिल्मका निर्माता अर्जुन पोखरेल हुन्। पेशाले अर्जुन संगीतकर्मी हुन्।लामो समयदेखि नेपाली संगीत तथा फिल्ममा उनको दजनौं गीत चर्चित छ। उनी पहिलोपटक फिल्म निर्माणमा होमिएका हुन्। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण हुनेछ।





