काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
पाकिस्तानी प्रधानमन्त्री सरिफले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गरेकोमा प्रधानमन्त्रीमा शाहलाई बधाई दिएका हुन्।
उनले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेको बताए।
प्रकाशित: १३ चैत २०८२ १७:१३ | Friday, March 27, 2026
प्रतिक्रिया




