यौनकर्मी महिलाको मुद्दामा न्यायको माग गर्दै बालेनलाई फिल्म ‘लालिमा’ टिमको खुला पत्र

हिमाल प्रेस ३ चैत २०८२ १५:२२ | Tuesday, March 17, 2026
18
SHARES
यौनकर्मी महिलाको मुद्दामा न्यायको माग गर्दै बालेनलाई फिल्म ‘लालिमा’ टिमको खुला पत्र

काठमाडौँ- फिल्म ‘लालिमा’ को निर्माण कम्पनी आस्था-फेथले रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रस्तावित प्रधानमन्त्री बालेन शाहलाई पत्र लेख्दै यौनकर्मी महिलाहरूको मानवधिकार र न्यायबारे सरोकार राख्न आग्रह गरेको छ।

संस्थाकी कार्यकारी प्रमुख रिना लामाले उक्त पत्र सार्वजनिक गरेकी छन्। उक्त पत्रमा लाखौं यौनकर्मी महिलाहरूले हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्कारको सामना गरिरहेको उल्लेख गरिएको छ।

‘यौनकर्मीहरूमध्ये धेरै दैनिक रूपमा दुर्व्यवहार, विभेद र आधारभूत मानवअधिकारबाट वञ्चित हुने गर्दछ। तर उनीहरूको अनुभवहरू नीतिगत बहसमा प्रवेश विरलै पाइन्छ। र जब समायोजित हुन्छन् प्रायः अपराध वा नैतिकताको दृष्टिकोणबाट मात्र गलत रूपमा बुझिने वा प्रस्तुत गरिने गरिन्छ,’ जारी पत्रमा उल्लेख गरिएको छ।

पत्रमा बालेनलाई ती महिलाहरूको मानवअधिकार सुनिश्चित गर्नका लागि संवादको निम्तो दिइएको छ। साथै राज्यले यौनकर्मीहरूलाई मानवका रुपमा सम्मान-सुरक्षामा ध्यान दिनुपर्ने र उनीहरूको उत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको औंल्याइएको छ।

कार्यकारी निर्देशक लामाले पत्रको अन्त्यमा लेखेकी छिन्, ‘वास्तवमै समावेशी राष्ट्र निर्माण गर्नु भनेको भेदभाव र सीमान्तकृत जीवन बिताइरहेका नागरिकहरूको समेत सुरक्षा सुनिश्चित गर्नु हो। राष्ट्र तब मात्र बलियो बन्छ जब उसले आफ्ना अति सीमान्तकृत नागरिकहरूको अधिकार र मर्यादाको संरक्षण गर्छ।’

पत्रले सामाजिक सुधार र मानवअधिकारको क्षेत्रमा नयाँ बहस सिर्जना गर्ने लामाको विश्वास छ।

संस्थाले करिब दुई दशकदेखि यौनकर्मी महिलाहरूको स्वास्थ्य र मानवअधिकारका लागि काम गर्दै आएको जनाइएको छ। त्यही अनुभवकाे आधारमा करिब तीन हजार यौनकर्मीकाे कथामा फिल्म ‘लालिमा’ निर्माण गरेको दाबी समेत गरेकाे छ।

फागुन २९ प्रदर्शनरत फिल्ममा यौनकर्मी महिलाको ब्यथा, संघर्ष र मानवअधिकारको कुरा प्रस्तुत गरिएको छ।

कार्यकारी प्रमुख रिना भन्छिन्, ‘यौनकर्मीको मानवअधिकार हननको विषय उजागर गर्न हामीले फिल्म बनाएका हौँ।’

प्रकाशित: ३ चैत २०८२ १५:२२ | Tuesday, March 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast