नुवाकोट- नुवाकोटको शिवपुरी गाउँपालिका-३, गौजेनीमा सडक विस्तारको क्रममा आज (बुधबार) दिउँसो खसेको पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ। बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको निधन भएको हो। उनको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो।
सडक विस्तारमा कार्यरत ललितपुर घर भएका स्काभेटर चालक २४ वर्षीय अमृत तामाङ पहिरोमा पुरिएर हराइरहेका छन्। उनको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीयवासी खटिएका छन्। तामाङ केही दिन अघि मात्र स्काभेटर चलाउन नुवाकोट आएका प्रहरीले जनाएको छ।
प्रकाशित: ११ चैत २०८२ १७:१८ | Wednesday, March 25, 2026
प्रतिक्रिया




