हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक जनाको मृत्यु

हिमाल प्रेस ८ चैत २०८२ १८:५८ | Sunday, March 22, 2026
6
SHARES
हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक जनाको मृत्यु

पाटन (ललितपुर)- ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका-२८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा आज (आइतबार) इँटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो। पर्खाल भत्किएर गम्भीर घाइते खड्काको ठैंबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्।

उक्त घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा रुकुम घर भई सोही इँटाभट्टामा काम गर्ने २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन्। गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको प्रहरी नायव उपरीक्षक चन्दले बताइन्।

प्रकाशित: ८ चैत २०८२ १८:५८ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast