उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

हिमाल प्रेस २१ फागुन २०८२ १३:५१ | Thursday, March 5, 2026
6
SHARES
उदयपुरको चौदण्डीगढीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

उदयपुर- उदयपुरको चौदण्डीगढी नगरपालिकामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका वडा नं। १० भिमा खण्डमा गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्र।०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

तीव्र गतिमा रहेको मोटरसाइकल सडकको उत्तरतर्फ रहेको सखुवाको रुखमा ठोक्किँदा मोटरसाइकल चालक चौदण्डीगढी नगरपालिका–५ सिवाई बस्ने १८ वर्षीय समिर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी नगर अस्पताल बेल्टार लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

्सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा चौदण्डीगढी–५ सिवाई बस्ने १८ वर्षीय मौसम चौधरी र सोही ठाउँका २३ वर्षीय अशोक चौधरी रहेका छन् ।

घाइते दुवै जनालाई नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको छ ।

बिहान करिब ११;०० बजे भएको उक्त दुर्घटनाको विषयमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ । एउटै मोटरसाइकलमा तीन जना सवार रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित: २१ फागुन २०८२ १३:५१ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast