हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

हिमाल प्रेस २२ फागुन २०८२ ७:१७ | Friday, March 6, 2026
4
SHARES
हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

बेलबारी- बेलबारी नगरपालिका-१० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका-११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो।

बिहीबार साँझ घाँसदाउरा लिएर जंगलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो।

घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका-१० स्थित पूर्व पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताए।

प्रकाशित: २२ फागुन २०८२ ७:१७ | Friday, March 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast