घाँटीमा मासु अड्किएर डोटीमा एकको मृत्यु

हिमाल प्रेस १३ चैत २०८२ ८:५१ | Friday, March 27, 2026
14
SHARES
घाँटीमा मासु अड्किएर डोटीमा एकको मृत्यु

डोटी-खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका-७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मासु खाने क्रममा घाँटीमा चोक्टा अड्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक नवराज ढुंगेलका अनुसार बिहीबार राति आफ्नै घरमा खाना खाने क्रममा नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी बेहोस भएका थिए।

घटनापछि आफन्तले उनलाई तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: १३ चैत २०८२ ८:५१ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast