काठमाडौँ- सदनभित्रबाट मात्र होइन समाजमै रहेर पनि जनताको सेवा गर्न सकिने अभिनेत्री, हाेस्ट तथा मोडल रीमा विश्वकर्माले बताएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन्। साथै उनले देश परिवर्तनको जग सबैको सामुहिक प्रयास र एकता रहेको धारणा राखेकी छन्।
उनले लेखेकी छन्,‘जनताको सेवा सदनभित्रबाट मात्र होइन, समाजमै रहेर पनि गर्न सकिन्छ। त्यसैले जो जहाँ छौँ त्यहीबाटै समाज निर्माणमा जुटौं। हामी सबैको सामुहिक प्रयास र एकता नै परिवर्तनको जग हो।’
रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिकतर्फकी उम्मेदवार हुन्। प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ रास्वपाले अहिलेसम्म १ सय २४ सिट जितिसकेको छ। भने गोरखा १ मा अग्रता लिइरहेको छ। त्यस्तै समानुपातिकतर्फ पनि ४४ लाख ८८ हजार ७ सय ७० प्राप्त गरिसकेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।





