बन्दी प्रत्यक्षीकरण रिट : ओलीको रिट पोखरेल र लेखकको रेग्मीको इजलासमा

हिमाल प्रेस १६ चैत २०८२ ११:१५ | Monday, March 30, 2026
16
SHARES
बन्दी प्रत्यक्षीकरण रिट : ओलीको रिट पोखरेल र लेखकको रेग्मीको इजलासमा

काठमाडौँ- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको छ।

पूर्वगृहमन्त्री रमेश लेखकको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी भएको हो। गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइ गर्न माग गर्दै आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओलीका तर्फबाट राधिका शाक्यले र लेखकको तर्फबाट यशोदा लेखकले निवेदन दर्ता गराएका थिए।

प्रकाशित: १६ चैत २०८२ ११:१५ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast