आफ्ना सांसदलाई ओलीको निर्देशन- गालीगलौजको डटेर मुकाबिला गर्नुस्

हिमाल प्रेस १२ चैत २०८२ १६:२३ | Thursday, March 26, 2026
28
SHARES
आफ्ना सांसदलाई ओलीको निर्देशन- गालीगलौजको डटेर मुकाबिला गर्नुस्

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई गालीगलौजको डटेर मुकाबिला गर्न निर्देशन दिएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध चौतर्फी कुप्रचार भएको दाबी गरे।

अध्यक्ष ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताए।

उनले एमालेलाई राजनीतिक वा तथ्यका आधारमा नभई असत्य, गालीगलौज र कुप्रचारका माध्यमबाट प्रहार गरिएको गुनासो गरे।

‘हामी नराम्रो काम गरेर पछाडि पारिएका होइनौँ,’ ओलीले सांसदहरूलाई भने, ‘हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो। हाम्रो सभ्य शैलीले त्यसको मुकाबिला गर्न सकेन।’

त्यस्तै, ओलीले पार्टीका नेताकार्यकर्तालाई सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न निर्देशन दिएका छन्।

नेताकार्यकर्ताले सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको भन्दै उनले ती प्रवृत्ति सच्याउनुपर्नेमा जोड दिए।

‘हामी आफैँले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्छ र बोल्नुपर्छ। अहिलेको कुप्रचारलाई चिर्न तथ्यमा आधारित भएर प्रस्तुत हुन आवश्यक छ,’ ओलीले भने।

प्रकाशित: १२ चैत २०८२ १६:२३ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast