काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अस्पतालमै राखिने भएको छ।
ओलीलाई पक्राउ स्वास्थ्य परीक्षणका लागि काठमाडौं प्रहरी परिसरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । स्वास्थ्य परीक्षणपश्चत् पनि उनलाई सोही अस्पतालमा राखिने प्रहरीले जनाएको छ ।
ओलीले नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए । ओली गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा आज बिहान पक्राउ परेका थिए ।
प्रकाशित: १४ चैत २०८२ १०:३२ | Saturday, March 28, 2026
प्रतिक्रिया




