ओली-लेखकको अनुसन्धान गर्न १० दिनको म्याद माग

हिमाल प्रेस १५ चैत २०८२ १३:२३ | Sunday, March 29, 2026
10
SHARES
ओली-लेखकको अनुसन्धान गर्न १० दिनको म्याद माग

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन सरकारी वकिलले माग गरेका छन्। जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि पुगेका सरकारी वकिलले दुवैजनालाई कम्तीमा १० दिन म्याद थप गरेर मुद्दा अघि बढाउन माग गरेका हुन्।

उता लेखक र ओली पक्षका वकीलहरूले भने उनीहरूलाई थुनामा नराख्न न्यायाधीशसमक्ष माग गरेका छन्। शनिबार भक्तपुरको कटुन्जेबाट पक्राउ परेका लेखकलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको छ।

उता भक्तपुरको गुन्डुस्थित निवासबाटै समातिएका पूर्वप्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा समस्या भएपछि अहिले त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। उनलाई भर्चुअल माध्यमबाटै अदालतमा पेश गरिएको छ। अहिले यी दुईजनालाई म्याद लिनेबारे जिल्ला अदालतमा बहस भइरहेको छ।

प्रकाशित: १५ चैत २०८२ १३:२३ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast