आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा ह्योल्मो

हिमाल प्रेस ८ चैत २०८२ ९:५६ | Sunday, March 22, 2026
10
SHARES
आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा ह्योल्मो

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा ह्योल्मो निर्वाचित भएका छन्।  महासंघको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत आज बिहान सम्पन्न निर्वाचनको मत परिणाम अनुसार ह्योल्मोले जिवन राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

महासचिवमा प्रेम येक्तेनलाई हराउँदै बिमल सारु मगर बिजयी भए। कोषाध्यक्षमा मिङमाकाजी शेर्पा निर्वाचित भए। बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँद्वारा उद्घाटन महाधिवेसनको बन्द सत्र बानियाँको अभिव्यक्तिका कारण विवाद हुँदा ढिलाई भएर सकिएको छ।

मुख्यमन्त्री बानियाँको अभिव्यक्ति विरुद्ध आदिवासी जनजाति युवाहरुले बन्दसत्र स्थालमा आन्दोलन गरेपछि विभिन्न ६ बुँदे सहमतिपछि गएराति मात्र बन्द सत्र सुचारु भएको थियो।

सहमतिपछि महासंघको बन्दसत्रले बानियाँको भनाईप्रति खेद् प्रकट गर्दै विशेष प्रस्ताव पारित गरेको छ। इन्डिजिनियस जेन्जी कलेक्टिभ्स समेतले महासंघको जारी बन्द सत्रमा निरन्तर दवाव दिए पछि ५६ वटै जातीय संस्थाका प्रतिनिधि उपस्थित भएको महासंघका बिशेष सत्रबाट सो खेद् प्रस्ताव पारित भएको हो।

महासंघलाई दलीय भागबण्डामुक्त बनाउने पनि सहमति भएको छ।

प्रकाशित: ८ चैत २०८२ ९:५६ | Sunday, March 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast