नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले लिए शपथ

हिमाल प्रेस १२ चैत २०८२ १५:०१ | Thursday, March 26, 2026
14
SHARES
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले लिए शपथ

काठमाडौँ– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा बिहीबार आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए।

नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन्।
प्रतिनिधिसभा सदस्यहरूले शपथ गरेसँगै अब सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ। शुक्रबार प्रधानमन्त्रीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिने तयारी छ।

प्रकाशित: १२ चैत २०८२ १५:०१ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast