नेप्से परिसूचकमा ७१ अंकको गिरावट

हिमाल प्रेस १५ चैत २०८२ १५:५८ | Sunday, March 29, 2026
24
SHARES
नेप्से परिसूचकमा ७१ अंकको गिरावट

काठमाडौँ- नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ७१ दशमलव शून्य पाँच अंकले घटेर दुई हजार ८७९ दशमलव ११ को बिन्दुमा कायम भएको छ। यो दुई दशमलव ४० प्रतिशतको गिरावट हो।

आज ३३३ कम्पनीको तीन करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर एक लाख ९६ हजार १५८ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब तीन करोड ३३ लाख १० हजार ८६७ दशमलव ९८ को कारोबार भएको छ। आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ। दुई सय ५५ कम्पनीको शेयर मूल्य घट्दा १० वटाको मात्र बढेको छ ।

रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र रिजलाइन हाईड्रोपावर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव १७ प्रतिशतले घटेको छ।

प्रकाशित: १५ चैत २०८२ १५:५८ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast