अमेरिकाको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘आँखा’ छनोट

हिमाल प्रेस १७ चैत २०८२ ११:४५ | Tuesday, March 31, 2026
28
SHARES
अमेरिकाको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘आँखा’ छनोट

काठमाडौँ- जाैन योञ्जनको निर्देशनमा बनेको फिल्म क्रलिङ क्रोजः आँखा’ संयुक्त राज्य अमेरिकामा आयोजना हुने वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभलमा ‘रेमी अवार्ड’ का लागि मनोनित भएको छ।

महोत्सव आगामी अप्रिल २४ देखि मे ३, २०२६ सम्म अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा हुनेछ। यसअघि यो फिल्म ६२औं संस्करणको एसिया प्यासिफिक फिल्म फेस्टिभलमा ‘उत्कृष्ट फिल्म’ को उपाधि जितेको थियो। उक्त उपाधि पाउने यो पहिलो नेपाली फिल्म हो।

फिल्मका निर्देशक योञ्जनले यो अन्तर्राष्ट्रिय मान्यताप्रति कृतज्ञता व्यक्त गरे। एसिया प्यासिफिक फिल्म फेस्टिभल जित्नेदेखि अमेरिकाको ह्युस्टनमा मनोनित हुनेसम्मको यात्राले नेपाली कथाहरूले विश्वव्यापी दर्शकहरूको मन छुन सक्छन् भन्ने कुरा प्रमाणित गरेको छ,’ उनले भने।

फिल्ममा स्मिता लामिछाने, पशुपति राई, निशा अधिकारी, आरके मेहता, विजय बराल, बुद्धि तामाङलगायत कलाकारहरूको अभिनय छ। फिल्मले सुकुम्बासी बस्तीमा जीवनयापन गरिरहेका सामान्य मानिसहरूको कथा, संघर्ष र यथार्थलाई गहिरो रूपमा चित्रण गरेको छ।

सन् १९६१ मा स्थापना भएको ह्युस्टन इन्टरनेसनल फिल्म फेस्टिभल विश्वकै सबैभन्दा पुरानो स्वतन्त्र चलचित्र महोत्सवमध्ये एक मानिन्छ। महोत्सव उदाउँदा चलचित्र निर्माताहरूलाई पहिचान दिलाउनका लागि प्रसिद्ध छ।

स्टिभन स्पिलबर्ग, जर्ज लुकास, डेभिड लिन्च र आङ ली जस्ता दिग्गज हलिउड निर्देशकहरूले पनि आफ्नो करियरको सुरुवातमा यही महोत्सवबाट रेमी अवार्ड प्राप्त गरेका थिए।

प्रकाशित: १७ चैत २०८२ ११:४५ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast