काठमाडौँ १ का कांग्रेसका उम्मेदवार थापाले गरे मतदान

हिमाल प्रेस २१ फागुन २०८२ १२:४४ | Thursday, March 5, 2026
6
SHARES
काठमाडौँ १ का कांग्रेसका उम्मेदवार थापाले गरे मतदान

काठमाडौँ- नेपाली कांग्रेस काठमाडौँ १ का उम्मेदवार प्रबल थापाले बुद्धनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। बिहानै मतदान केन्द्र पुगेर उनले आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

उनले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्दै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उल्लेख गरे। बुद्धनगर क्षेत्रका मतदान केन्द्रहरूमा बिहानैदेखि मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ।

निर्वाचन अधिकृतका अनुसार सम्बन्धित केन्द्रमा मतदान प्रक्रिया निर्धारित समयअनुसार शान्तिपूर्ण रूपमा अघि बढिरहेको छ।

प्रकाशित: २१ फागुन २०८२ १२:४४ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast