नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८३ को क्यालेन्डर

हिमाल प्रेस १२ चैत २०८२ २०:५४ | Thursday, March 26, 2026
नेपाल लाइफले सार्वजनिक गर्‍यो २०८३ को क्यालेन्डर

काठमाडौँ- नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं. २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। २०८२ चैत ८ गते कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल,प्रमुख—बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव बिनोद कुमार भुजेलले संयुक्त रुपमा क्यालेन्डर अनावरण भएका हुन्। बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्ग निर्देशन प्रदान गर्ने सम्पूर्ण सञ्चालक पदाधिकारीहरू, कर्मचारीहरु, ग्राहक, बीमा अभिकर्ताहरु, सेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायलगायत सबै सरोकारवालाहरूलाई नयाँ वर्ष २०८३ को अग्रीम शुभकामना समेत व्यक्त गरे।

उनले आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए।

प्रकाशित: १२ चैत २०८२ २०:५४ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast