नीर शाहले सके ‘कमला मिस’ को छायांकन

हिमाल प्रेस २७ फागुन २०८२ ११:२१ | Wednesday, March 11, 2026
14
SHARES
नीर शाहले सके ‘कमला मिस’ को छायांकन

काठमाडौँ- वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा बन्ने फिल्म ‘कमला मिस’ को छायांकन सकिएको छ। फिल्मका लाइन प्रोड्युसर पुस्कर लामा (प्रेम भोम्जन) का अनुसार फिल्मको छायांकन करिब २३ दिनमा पूरा गरिएको हो।

फिल्मको कथा नाटककार विजय मल्लको हो। कथा मल्लको नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित छ। निर्देशक नीर शाह र प्रजल दुलालले फिल्मकाे पटकथा तथा संवाद तयार पारेका हुन्।

मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्ममा निर्देशक निर शाहसहित रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ ,जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, संजय खतिवडा लगायत कलाकारको अभिनय छ।

फिल्म विजय मल्ल स्मृति प्रतिष्ठानको लागि उमा मल्लले निर्माण गरेकी हुन्। शिवराम श्रेष्ठले छायांकन गरेको फिल्म युग भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफीमा बन्नेछ।

करिब दश वर्षपछि निर्देशनमा फर्किएका नीर शाह नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि सक्रिय छन्। उनले यसअघि ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘सेतोबाघ’लगायत फिल्म निर्देशन गरिसकेका छन्।

प्रकाशित: २७ फागुन २०८२ ११:२१ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast