धनुषा १ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएकोमा नेकपाको आपत्ति

हिमाल प्रेस २५ फागुन २०८२ १०:५९ | Monday, March 9, 2026
58
SHARES
धनुषा १ मा मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र नदिएकोमा नेकपाको आपत्ति

काठमाडौँ- धनुषा १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृकप्रसाद यादवले सबैभन्दा बढी मत पाए पनि विजेताको प्रमाणपत्र पाएका छैनन्। विजेता घोषणा नगरिएपछि नेपाली कम्युनिस्ट पार्टीले अहिलेसम्म निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगप्रति आपत्ति जनाएको छ।

सामेबार नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै धनुषा–१ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसकेको, तर त्यसपछि पनि आयोगले उनलाई प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै पार्टीले आपत्ति जनाएका छन्।

‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन अनुसार हाम्रो उम्मेदवार विजयी भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि पनि प्रमाणपत्र नदिनु, आयोगको प्रक्रिया र विधि विपरीतको कार्य हो र गम्भीर चिन्ताको विषय हो।’

विज्ञप्तिमा आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन, २०७४ अनुसार किशोरी साह कमल को उम्मेदवारी खारेज गरिसकेको उल्लेख गरिएको छ ।

‘हामी आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछौं। साथै न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले सही निर्णय गर्ने विश्वास राख्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

धनुषा १ मा रास्वपा उम्मेदवार किशोरी साह कमल वित्तीय कालो सूचीमा रहेको पुष्टि भएको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको थियो। तर सबैभन्दा बढी मत रास्वपाकै चुनाव चिह्न घण्टीमा आएको छ । उम्मेदवार नै नभएको क्षेत्रमा यस्तो मत बदर हुनुपर्ने हो । तर आयोगले सर्वोच्च अदालतबाट निर्णय नआउँदासम्म मतपरिणाम सार्वजनिक गर्न अस्वीकार गरेको छ । आज यो विषयमाथि सर्वोच्च अदालतले निर्णय दिने सम्भावना छ।

प्रकाशित: २५ फागुन २०८२ १०:५९ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast