काठमाडौँ- काठमाडौँमा जारी सहिद स्मारक राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र बागमती युथ क्लब विजयी भएका छन्।
लिगमा पुलिसले चर्च ब्वाइज तथा बागमतीले आरएस रिसोर्ट एन्ड बिच फुटबल क्लबलाई पराजित गरेको हो।
बिहीबार ललितपुरको च्यासल मैदानमा भएको दोस्रो खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गर्यो। जितसँगै पुलिस क्लबले ३ अंक बटुल्न सफल भएको छ।
त्यस्तै बिहीबार नै भएको पहिलो खेलमा बागमती युथ क्लबले आरएस रिसोर्टलाई ५–४ गोल अन्तरले पराजित गर्यो। बागमतीका लागि अस्मिता मगर र दीक्षा रनपालले २–२ गोल र प्रजिता राईले १ गोल गरिन्।
त्यस्तै आरएस रिसोर्टका लागि गीता श्रेष्ठले २ तथा तुलसीकुमारी वली र बर्षा कुँवरले १–१ गोल गरिन्। जितसँगै बागमतीले ३ अंक हासिल गरेको छ।
प्रकाशित: ५ चैत २०८२ १८:५१ | Thursday, March 19, 2026
प्रतिक्रिया





