मुग्लिन-नागढुंगा सडक तीन दिन बन्द हुने

हिमाल प्रेस १७ चैत २०८२ ८:३८ | Tuesday, March 31, 2026
मुग्लिन-नागढुंगा सडक तीन दिन बन्द हुने

काठमाडौँ- मुग्लिन-नागढुंगा सडक आज (चैत १७) देखि तीन दिन रातको समयमा बन्द हुने भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण सो क्षेत्रमा रातको समयमा ६ घण्टा बन्द गरिने भएको छ।

पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजे बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

प्रकाशित: १७ चैत २०८२ ८:३८ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast