काठमाडौँ- स्वतन्त्र सांसद महावीर पुनले जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले तयार गरेको प्रतिवेदन नपढ्ने बताएका छन्।
बिहीबार सिंहदरबारमा संघीय सांसदहरूको शपथग्रहणपछि सञ्चारकर्मीको प्रश्नमा पुनले यस्तो बताएका हुन्। ‘प्रतिवेदन म पढ्दा नि पढ्दिनँ,’ सांसद पुनले भने।
सञ्चारकर्मीले बालेन्द्र शाहको पहिलो निर्णय निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्ने हो भन्ने प्रश्नमा आफूलाई कुनै जानकारी पनि नभएको बताए। ‘थाहा छैन भन्दैछु, फेरि हो? भनेर सोध्छन्,’ पुनले सञ्चारकर्मीलाई भने।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा दोहोरिने हो भन्ने प्रश्नमा पनि मन्त्री पुनले भने, ‘मलाई थाहा छैन, भगवान् पशुपतिनाथलाई गएर सोध्नुस्।’
प्रकाशित: १२ चैत २०८२ १५:३३ | Thursday, March 26, 2026
प्रतिक्रिया




