काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की समानुपातिक सांसद खुश्वु ओलीले सांसद पदको शपथग्रहणपछि देश र जनताको पक्षमा दृढतापूर्वक उभिने बाचा गरेकी छन्।
सिंहदरबारमा आज आयोजित शपथग्रहण कार्यक्रमपछि सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो बाचा सार्वजनिक गरेकी हुन्।
सांसद ओलीले सामाजिक सञ्जालमा श्रीमद्भगवद्गीता र शपथको पत्र राखेर बाचा गरिन्, ‘सधैँ देश र जनताको पक्षमा उभिनेछु।’

प्रकाशित: १२ चैत २०८२ १७:१६ | Thursday, March 26, 2026
प्रतिक्रिया




