काठमाडौँको ढुंगेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १५ चैत २०८२ ६:४८ | Sunday, March 29, 2026
6
SHARES
काठमाडौँको ढुंगेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- काठमाडौँको ढुंगेअड्डामा बसको ठक्करबाट शनिबार मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका १५, ढुंगेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख ०३७२ नं को बसले बा ८२ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका १२ बलम्बु घर भएका ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका नगरकोटीको उपचारका क्रममा शनिबारै राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: १५ चैत २०८२ ६:४८ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast