मेची भन्सारले उठायो ११ अर्ब ५८ करोड राजस्व

हिमाल प्रेस ५ चैत २०८२ ७:५८ | Thursday, March 19, 2026
4
SHARES
मेची भन्सारले उठायो ११ अर्ब ५८ करोड राजस्व फाइल तस्बिर।

भद्रपुर- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व संकलन गरेको छ। यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईकाअनुसार चालु आवको फागुन मसान्तसम्म १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। फागुन महिनामामात्रै एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व संकलन भएको हुमागाईले जानकारी दिए। यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो।

चालु आवको आठ महिनामा भन्सार महसुल शीर्षकमा चार अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल निर्यात शीर्षकमा २२ करोड १७ लाख, भन्सारसम्बन्धी अन्य आय शीर्षकमा ६३ लाख ६४ हजार, निर्यात सेवा शुल्क शीर्षकमा छ लाख २९ हजार, कृषि सुधार शुल्क शीर्षकमा १० करोड ९६ लाख राजस्व संकलन भएको छ।

यसैगरी, अन्तःशुल्क आयात शीर्षकमा २९ करोड ४२ लाख २४ हजार, सडक मर्मत तथा सुधार दस्तुर शीर्षकमा ३९ करोड २३ लाख ८४ हजार, पूर्वाधार कर शीर्षकमा एक अर्ब २२ करोड १२ लाख ८० हजार, स्वास्थ्य जोखिम कर वैदेशिक उत्पादन शीर्षकमा एक लाख २१ हजार, मूल्य अभिवृद्धि कर ९आयात० शीर्षकमा चार अर्ब २० करोड १८ लाख ८७ हजार र हरित कर शीर्षकमा १३ करोड २३ लाख ५४ हजार राजस्व संकलन भएको छ।

कार्यालयले चालु आव २०८२/०८३ का लागि कूल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएको सूचना अधिकारी हुमागाईले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast