महेश बस्नेतले अदालतलाई धन्यवाद दिए, प्रधानमन्त्री र गृहमन्त्रीमाथि आक्रोश पोखे

हिमाल प्रेस १६ चैत २०८२ १८:०१ | Monday, March 30, 2026
60
SHARES
महेश बस्नेतले अदालतलाई धन्यवाद दिए, प्रधानमन्त्री र गृहमन्त्रीमाथि आक्रोश पोखे

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले आज सामाजिक सञ्जालमार्फत काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति धन्यवाद व्यक्त गरेका छन् भने प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङप्रति आक्रोश पोखेका छन्।

बस्नेतले आफूविरुद्ध झुटा मुद्दा लगाउँदै पक्राउ प्रक्रिया अघि बढाइएको दाबी गर्दै अदालतको आदेशलाई स्वागत गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘निरंकुस बालेन सरकार र कथित गृहमन्त्रीको निर्देशनमा झुटा मुद्दा लगाउँदै काठमाडौँ जिल्ला प्रहरीले सरकारी वकिलमार्फत पक्राउ प्रक्रिया अघि बढाएको फाइलमा काठमाडौँ जिल्ला अदालतले पक्राउ नगर्न आदेश दिएको छ। यस निर्णयका लागि काठमाडौँ जिल्ला अदालतप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य छ।’

एक युवतीले आइतबार सचिव बस्नेतमाथि भ्रुण हत्या, बलात्कार आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन्।

प्रकाशित: १६ चैत २०८२ १८:०१ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast