कोशी, गण्डकी र कर्णाली चट्याङसहितका हल्का वर्षा र हिमपातको सम्भावना

हिमाल प्रेस १० चैत २०८२ ६:२५ | Tuesday, March 24, 2026
8
SHARES
कोशी, गण्डकी र कर्णाली चट्याङसहितका हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै कोशी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित: १० चैत २०८२ ६:२५ | Tuesday, March 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast