पोखरा- नेपालमा हुन्डाई, फोर्थिङ र काई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले वाडा अटो शो २०२६ मा विशेष अफरहरू घोषणा गरेको छ।
चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड, पोखरामा हुने यस कार्यक्रममा नयाँ गाडी खरिद गर्न वा आफ्नो पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि सीमित अवधिको विशेष अभियान ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार फोर्थिङ फ्राइडेमा ७ लाख रुपैयाँसम्मको लाभ लिन सकिनेछ। प्रिमियम इलेक्ट्रिक एसयूभी फोर्थिङ फ्राइडे ६४.४ किलोवाट आवर क्षमताको उत्कृष्ट ब्याट्रीसहित उपलब्ध हुने, १८५ एमएम ग्राउण्ड क्लियरेन्स र डब्लुएलटीपी अनुसार ४०० किलोमिटरसम्मको रेञ्जसहित यो गाडी प्रिमियम ईभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धीको रूपमा उभिएको कम्पनीको भनाइ छ।
लक्ष्मी ग्रुपले अटो शोमा आफ्नो हुन्डाइ र काई लाइनअपमा पनि आकर्षक अफरहरू ल्याएको छ।




