मन्त्री बन्ने चर्चा चलेपछि कुलमान घिसिङले भने : कल्पना समेत गर्न सकिँदैन

हिमाल प्रेस ११ चैत २०८२ ६:४२ | Wednesday, March 25, 2026
26
SHARES
मन्त्री बन्ने चर्चा चलेपछि कुलमान घिसिङले भने : कल्पना समेत गर्न सकिँदैन

काठमाडौँ- उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अध्यक्ष घिसिङले रास्वपाको सरकारमा आफ्नो सहभागिताबारे केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा भइरहेका टिकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

उनले भने,‘नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न सक्दैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।’

सरकारमा सहभागिताबारे अहिलेसम्म कोही सँग कुनै छलफल नभएको समेत उनले प्रष्ट पारे । चुनावी परिणामलाई सम्मान गरेर त्यसबाट पाठ सिक्दै उनेपालाई थप सुद‌ृढ बनाउने अभियानमा आफूहरु केन्द्रित रहेको समेत उनले बताए ।

सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल रहेको बताउँदै उनले भने,‘हाम्रा विरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सम्पूर्णमा अनुरोध गर्दछु।’

 

प्रकाशित: ११ चैत २०८२ ६:४२ | Wednesday, March 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast