फाइल तस्बिर
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको बेड नम्बर २७ मा राखिएको छ । त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन एरिया’को उक्त बेडमा राखिएको हो ।
बिहानै पक्राउ परेका ओलीलाई काठमाडौं प्रहरी परिसर भद्रकाली पुर्याइएलगत्तै स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको हो ।
ओलीको स्वास्थ्यमा लामो समयदेखि समस्या रहेको छ । सोहीकारण उनलाई तत्काल नै अस्पताल लगिएको हो । अहिले अस्पतालको ‘रेड जोन एरिया’मा राखिएको छ । यस्तो जोनमा विशेष र जटिल प्रकारका विरामीलाई राख्ने गरिन्छ । अस्पताले ग्रिन, यल्लो र रेड गरी तीनथरी बेडहरूको व्यवस्था गरेको हुन्छ ।
ओलीले दोस्रोपटक मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमै गर्नुभएको थियो।
प्रकाशित: १४ चैत २०८२ ९:३८ | Saturday, March 28, 2026
प्रतिक्रिया




