वायु प्रदूषण बढिरहेकाले सचेत रहन काठमाडौँ महानगरको आग्रह

हिमाल प्रेस २७ फागुन २०८२ २०:५३ | Wednesday, March 11, 2026
10
SHARES
वायु प्रदूषण बढिरहेकाले सचेत रहन काठमाडौँ महानगरको आग्रह

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले उपत्यकामा वायु प्रदूषण बढिरहेकाले सचेत रहन आग्रह गरेको छ।

महानगरपालिकाको वातावरण विभागले वायु गुणस्तर निगरानीका लागि जडान गरिएको यन्त्रले वायुको गुणस्तर १५० भन्दा बढी देखाएकाले सचेत रहन आग्रह गरेको हो।

विभाग प्रमुख सरिता राईले वायु प्रदूषण हुनुको मुख्य कारण सवारी साधनबाट निस्कने धुँवा, सडक तथा अन्य निर्माण गतिविध भएकाले वायु प्रदूषण गर्ने गतिविधि कम गर्न आग्रह गरेकी छन्। वायु प्रदूषण हुँदा बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी तथा स्वासप्रस्वाससम्बन्धी समस्या भएका बिरामी तथा दीर्घरोग लागेका बिरामी बढी जोखिममा पर्ने भएकाले थप सचेत रहन पनि महानगरपालिकाले आग्रह गरेको छ।

महानगरपालिकाले नियमित रूपमा आफ्नो सवारीसाधन मर्मत सम्भार गर्न, सवारीसाधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर चलाउन, प्लास्टिकजन्य सामग्री नबाल्न, निर्माणजन्य सामाग्री फुटपाथमा नराख्न, उद्योग कलकारखाना, अस्पतालले कामपा प्रदूषण नियन्त्रण मापदण्ड २०८१ले तोकेको वायु गुणस्तर तथा धुँवासम्बन्धी मापदण्डभित्र रहेर मात्र गर्न गराउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रकाशित: २७ फागुन २०८२ २०:५३ | Wednesday, March 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast