ओली पक्राउपछि कमल थापाको टिप्पणी : बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा

हिमाल प्रेस १४ चैत २०८२ ७:०० | Saturday, March 28, 2026
12
SHARES
ओली पक्राउपछि कमल थापाको टिप्पणी : बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा

काठमाडौँ- पूर्वमन्त्री एवं राप्रपा नेता कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तार प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमाार्फत् थापाले बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरे। अहिले द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने भन्दै थापाले सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मिलाप र एकता पहिलो सर्ता भएको बताएका छन्।

थापाले लेखेका छन्, ‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’

प्रकाशित: १४ चैत २०८२ ७:०० | Saturday, March 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast