विराटचोकमा कजारियाको नयाँ शोरुम

हिमाल प्रेस १७ फागुन २०८२ १६:१२ | Sunday, March 1, 2026
विराटचोकमा कजारियाको नयाँ शोरुम

विराटचोक- कजारियाले विराटचोकमा नयाँ विशेष शोरुम सञ्चालनमा ल्याएको छ। महालक्ष्मी ट्रेडर्सद्वारा सञ्चालित यस शोरुमले विराटचोक तथा वरपरका क्षेत्रमा बढ्दो उच्चगुणस्तरीय टाइलको माग पूरा गर्दै ग्राहकहरूलाई आधुनिक, आकर्षक र उन्नत अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, सुन्दर हरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, धार्मिक गुरु दीनबहादुर शास्त्री र मिस नेपाल अर्थ २०२२ सुश्री सरिशा श्रेष्ठको उपस्थिति थियो। कजारियाका निर्देशक हिमांशु अग्रवालले रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै हिमांशु अग्रवालले विराटचोकमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा अत्यन्त खुसी व्यक्त गरे। उनले यो शोरुम केवल टाइल बिक्री गर्ने ठाउँ मात्र नभई ग्राहकहरूका लागि आधुनिक र नवप्रवर्तनशील टाइल विकल्पहरू अवलोकन गर्ने गन्तव्यको रूपमा रहने बताए।

सुन्दर हरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईंले कजारिया जस्तो प्रतिष्ठित ब्रान्डको उपस्थितिले नगरपालिकामा रोजगारी र विकासका अवसर बढाउने विश्वास व्यक्त गरे।

त्यसै गरी, बेलबारीका नगर प्रमुख दिलप्रसाद राईले विराटचोक क्षेत्रमा भइरहेको तीव्र विकासलाई कजारिया जस्तो अन्तर्राष्ट्रिय स्तरको ब्रान्डले आधुनिक निर्माण आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उल्लेख गरे।

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन उद्योगमार्फत यस क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको जनाएको छ। कजारियाका अनुसार  नेपालभर १०० भन्दा बढी शोरुमहरूको सञ्जाल रहेको छ ।

प्रकाशित: १७ फागुन २०८२ १६:१२ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast