लज्जास्पद हारपछि चुनावी समीक्षामा जसपा नेपाल

हिमाल प्रेस ७ चैत २०८२ ६:५८ | Saturday, March 21, 2026
2
SHARE
लज्जास्पद हारपछि चुनावी समीक्षामा जसपा नेपाल

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले शुक्रबार वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरुले आ–आफ्नो क्षेत्र र तहको निर्वाचनसम्बन्धी समीक्षा बैठक राखी छलफल र चुनावी विश्लेषण तथा समीक्षा गरी लिखित प्रतिवेदन पठाउन पार्टी मातहत समितिलाई सर्कुलर जारी गरेका हुन् ।

सो पार्टीका नेता पूर्ण बस्नेतले चुनावी प्रतिवेदन पार्टी समिति र पार्टीका उम्मेदवारहरुले समेत आफ्नो छुट्टै समीक्षा प्रतिवेदन वा चुनावी रिपोर्ट पठाउन सक्ने बताए ।

चैत २० गतेभित्र चुनावी प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने गरी निर्देशन जारी गरिएको बताइएको छ ।

 

प्रकाशित: ७ चैत २०८२ ६:५८ | Saturday, March 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast